संघमा कर सम्बन्धी छलफल कार्यक्रम


काठमाडौँ । बुधबार मोरङ उद्योग व्यापार संघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा परिवर्तित कर तथा राजस्वसँग सम्बन्धित विषयकमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य, अधिकृत गजधार खतिवडा, अधिकृत विशाल काफ्लेको उपस्थिति रहेको थियो ।

त्यसैगरी यस संघका राजस्व सल्लाहकार चार्टर्ड एकाउन्टेन्ट अश्विनी बंशल, चार्टर्ड एकाउन्टेन्टहरु तिर्थ यादव, काशी कुमार साह, मनोज अधिकारी, युवराज उप्रेती, संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरु लगायत विभिन्न संघ/संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, विभिन्न उद्योग व्यवसायीका संचालक एवम् प्रतिनिधिहरु, संचारकर्मीहरु उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा आ.व. २०८२/०८३ को बजेटमा रहेका कर सम्बन्धी जिज्ञासाहरुलाई आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत, अधिकृत एवम् चार्टर्ड एकान्उटेनबाट विभिन्न उद्योगी व्यवसायीहरुबाट उठेका जिज्ञासाहरुलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: २२ जेठ २०८२, बिहीबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।