काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशतसम्मको बृहत छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको व्यवस्था गरिएको छ । यो धमाकेदार सेल जेठ २३ गते देखि जेठ २७ गते सम्म सञ्चालन हुने जानकारी दिइएको छ ।
६.६ मेगा मिड इयर सेल मार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरू मा फ्ल्याट ६६ प्रतिशतसम्मको आकर्षक छुट पाउन सकिने ब्यवस्था गरेको छ । जसमा प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकर मार्फत ११ प्रतिशतसम्म छुट, गोल्ड ब्रान्ड नाइकमा ५० प्रतिशतसम्मको छुट र सिल्भर ब्रान्डहरू र्होटो र न्यानो डायपर्स मार्फत ४०% सम्मको छुटको व्यवस्था गरिएको छ ।
६.६ को विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्याश सेल अभियान रहने जानकारी दिइएको छ । यस मार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, ६ रुपैयाँमा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभ लिन सक्नेछन् ।
दराजले यसपटकको सेललाई छुटहरुका लागि अवसरका रुपमा मात्र नभइ शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरु, एड टू कार्ट एण्ड विन र बाई एण्ड विनको व्यवस्था गरेको छ । यस उपहार योजना अन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरु प्रदान गरिने ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
एड टू कार्ट एण्ड विन अन्तर्गत १० हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरू मध्ये ५ जना भाग्यशाली विजेताहरुको छनौट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाई ९ हजार रुपैयाँसम्मका उपहारहरू प्रदान गरिनेछ ।
त्यसैगरी, बाई एण्ड विन अन्तर्गत कम्तीमा ५ हजार रुपैयाँको सामग्री खरिद गर्ने ग्राहकहरू मध्ये १ जना भाग्यमानी विजेता लाई ५२ हजार ५०० रुपैयाँ बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया