बिजबजार र बन्दीपुर केबलकार बीच सम्झौता


काठमाडौँ । सेवाग्राहीलाई आकर्षक छुट योजना घोषणा नेपाली ई–कमर्श प्लेटफर्म बिजबजार लिमिटेड र पर्यटकीय गन्तव्य बन्दीपुरमा अवस्थित बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबिच बजार प्रवद्र्धन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकाल र बन्दीपुर केबलकारको तर्फबाट महाप्रबन्धक रोमन मान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार बिजबजारका ग्राहकहरूले बन्दीपुर केबलकारको टिकटमा २५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, बन्दीपुर केबलकारका सेवाग्राहीहरूले बिजबजारमार्फत सामान खरिद
गर्दा फ्ल्याट १५ प्रतिशतको छुट प्राप्त गर्नेछन् । उक्त साझेदारीले आन्तरिक पर्यटन र डिजिटल व्यापार दुवैको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २३ जेठ २०८२, शुक्रबार  ०७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।