काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य भने ७५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदी तोलामा ७५ रुपैयाँले बढेसँगै हालसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । सुनको उक्त मूल्य बिहीबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७२.७२ अमेरिकी डलर र चाँदी ३६.०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया