प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता


काठमाडौँ । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।

यस सहकार्य अन्तर्गत बैंकका ग्राहक तथा कर्मचारीहरुले होटलको कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउनेछन् ।
यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्नेछ ।

प्रकाशित मिति: २५ जेठ २०८२, आइतबार  १२ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।