राष्ट्र बैंकले गर्यो २५ अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ ।

बैंकले आइतबार सुचना निकालेर बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुँनेगरि निक्षेप संकलनको लागि आह्वान गरेको हो ।

बैंकले २०८२ जेठ २५ गते मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल हुने जनाएको छ ।

बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि कुल आह्वान रकम सम्म बोलकबोल गर्न सकिने जनाएको छ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तिय सस्थाले मात्र सहभागी हुन पाउने छन ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेप वाफत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको लागि आह्वान गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने छ । समान ब्याजदर उल्लेख भएका बोलकबोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढि भएमा प्रो–राटा बेशिसमा बाँडफाँड गरिने छ । स्वीकृत गरिएको रकममध्ये सम्पुर्ण वा आंशिक रकमको बोल स्वीकार अस्वीकार गर्ने सम्पुर्ण नगर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहने छ ।

स्वीकृत भएका बोलपत्र वाफतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको खातामा मौज्दात नभएमा काउण्टरपार्टीलाई कालो सुचीमा राखिने छ । निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएमा सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाईने छैन । तर बैकको निर्देशन बमोजिम कायम राख्नु पर्ने एसएलआर तथा तरलता अनुपातमा गणना गर्न पाइनेछ । २०८२ साउन ४ गते सम्म साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने छ ।

प्रकाशित मिति: २५ जेठ २०८२, आइतबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।