काठमाडौँ । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौँमा आफ्नो प्रभावकारी ‘राइड्स फर गोल्स’ अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यसको उद्देश्य सार्वजनिक विद्यालयको खेल मैदानलाई रुपान्तरण गर्नु र युवा विद्यार्थीहरूको खेलकुद सहभागिता प्रवर्धन गर्नु हो ।
अंग्रेजी ‘मे’ महिनाभरि आयोजना भएको यस अभियानले प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत चयन गरिएका सार्वजनिक प्राथमिक विद्यालयहरूमा खेल मैदानहरू मर्मत गर्न र आवश्यक खेलकुदका किटहरु प्रदान गर्न योगदान पुर्याएको छ ।
खेल मैदानको पूर्वाधारको मर्मत संभार र सुधार गर्न, सुरक्षित र आकर्षक मनोरञ्जनात्मक स्थानहरू सिर्जना गर्न र सानै उमेरदेखि शारीरिक गतिविधि र खेल संलग्नतालाई प्रोत्साहन गर्नका लागि बास्केटबल, फुटसल बल र ब्याडमिन्टन प्याकेटहरू सहित स्पोट्र्स किटहरू वितरण गर्न जस्ता कार्यहरुमा प्रत्यक्षरूपमा सङ्कलनहरू थिए ।
‘इनड्राइभमा, हामी विश्वास गर्छौँ कि मोबिलिटीले समुदायहरूलाई सशक्त र उत्थानशील बनाउनु पर्छ । ‘राइड्स फर गोल्स’ ले राम्रो खेल वातावरण मार्फत स्कूलका बालबालिकाको स्वास्थ्य र विकासलाई प्रत्यक्ष रूपमा समर्थन गरेर सामाजिक प्रभावप्रतिको हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ, ‘इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पावित नन्दा आनन्दले भनिन्, ‘हामी बालबालिकाहरूले टिम वर्क सिक्न, आत्मविश्वास निर्माण गर्न र खेल मार्फत अगाडि बढ्न सक्ने ठाउँहरू सिर्जना गर्नका लागि सहयोग गर्न पाउँदा गर्व गर्छौँ ।’
इनड्राइभ एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक मार्क टोलीले थपे, ‘यो पहल यस कुराको एउटा उत्कृष्ट उदाहरण हो कि कसरी दैनिक गतिविधिहरु जस्तै राइड गर्नुले एक ठोस भिन्नता ल्याउन सक्छ । हामी समुदायहरूमा दिगो मूल्य सिर्जना गर्ने परियोजनाहरूका लागि प्रतिबद्ध छौंँ, र ‘राइड्स फर गोल्स’ प्रत्येक बालबालिकालाई खेलमार्फत आनन्द र फाइदाहरुसम्म पहुँच छ भनी सुनिश्चित गर्ने दिशामा केवल एक कदम हो ।
प्रतिक्रिया