लगानीकर्तामा देखिएन आशा, सेयर बजारमा दोहोरो अंकको गिरावट


काठमाडौँ । लगानीकर्तामा आशा पलाउन नसक्दा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार सेयर बजार परिसुचक नेप्से ११.०६ अंकले घटेर २६२९.८९ अंकमा पुगेको हो ।

कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसुचक ५.९९ अंकले घटेर २६४०.९६ अंकमा पुगेको थियो ।

आइतबार कारोबारमा आएका ३१३ वटा कम्पनी मध्ये ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

आइतबार कारोबारमा आएका कम्पनीको १ करोड ९९ लाख २ हजार १८१ कित्ता सेयर ८६ हजार ६३६ पटक किनबेच हुँदा ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार समूहगत आधारमा हेर्दा जलविद्युत समूह ४२.४२ अंकले र होटल तथा पर्यटन समूह ८.४१ अंकले बढ्दा हरु सबै उपसुचकमा गिरावट आएको छ ।

रिभर फल्स पावर र पीयोर इनर्जीको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । चिलिमै हाइड्रोपावर र छ्याङदी हाइड्रोपावरको सेयर मूल्य समान ८.०१ प्रतिशतले बढेको छ । हिमालयन पावर पाटनरको सेयर ७.९५ प्रतिशतले बढेको छ ।

यता, ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशितले घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.८३ प्रतिशत, समाज लघुवित्तको सेयर मूल्य ८.३५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ६.८० प्रतिशत र उपकार लघुवित्तको सेयर मूल्य ६.६२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा रादी विद्युतको ७२ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा न्यादी ग्रुप पावर १५ लाख ४७ हजार ६४ पटकको इकाइ कारोबार सहित शीर्ष स्थानमा छ । कारोबार संख्याका आधारमा ओम मेगाश्री फर्मास्युटिकल्स ६ हजार ७३५ पटकको काराबार सहित शीर्ष स्थानमा छ ।

यो सँगै आइतबार कुल बजार पुँजीकरण ४३ खर्ब ८० अर्ब ५७ करोड ९१ लाख हजार रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २५ जेठ २०८२, आइतबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।