रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नयाँ मूल्य निर्धारण भएको हो।

समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४५२ रुपैयाँ ६७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो। आइतबार, दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम मूल्य ५०६ रुपैयाँ ९९ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले असार २ गते, आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

 

प्रकाशित मिति: २६ जेठ २०८२, सोमबार  ०६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।