काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । सोमबार सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१२.९७ अमेरिकी डलर र चाँदी ३६.०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया