फोनबाटै कमाउनुहोस् मासिक २० हजार : क्लासिकटेकको डिलर योजना


काठमाडौँ । देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ। शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप मार्फद फोन बाट सजिलै जता बाट पनि मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने छ ।

डिलर पार्टनर एप निकै सहज भएकोले ३ क्लिकमा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ। इन्टरनेट र टिभी जडान बापत प्रति जडानमा १ हजार ४०० रुपैयाँसम्म बसीबसी कमाउन सकिनेछ । जो कोइ ले पनि डिलर पार्टनर बन्नको लागि गूगल प्ले स्टोर र एप स्टोर बाट डिलर पार्टनर एप लगइन गरेर केवाइसी फाराम भेरिफाइ गर्नु पर्ने कम्पनीले बताएको छ।

प्रकाशित मिति: २६ जेठ २०८२, सोमबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।