काठमाडौँ । विश्वप्रसिद्ध एआई डिभाइस ईकोसिस्टम कम्पनी अनरले नयाँ अनर ४०० ५ जी सेरिजको सुरुवात विश्वको सर्वोच्च शिखर सगरमाथाबाट गरेर इतिहास रचेको छ। यो विश्वकै पहिलो सार्वजनिक कार्यक्रमले अनरको साहसी दृष्टिकोण र नवप्रवर्तनको सीमालाई नाघ्ने प्रतिबद्धतालाई दर्शाउँछ। यसको ‘अनरको एआई शिखरमै, संसारको शिखरमै’ भन्ने सन्देश दिन खोजिएको हो।
यो स्मार्ट फोन कुनै पनि उचाइमा काम गर्न सक्षम छ । स्टाइलिश डिजाइन, शक्तिशाली एआई फिचरहरू र फ्ल्यागशिप स्तरका क्यामेराको संयोजनमा आधारित यो स्मार्टफोनले बेजोड प्रयोगकर्ता अनुभव प्रदान गर्दछ।
अनर २०० एमपि अल्ट्रा–क्लियर एआइ मुख्य क्यामेरा यो फोनको मुख्य विशेषता हो । यो फोनमा क्रिएटिभ एडिटिङ समावेश गरिएको कम्पनीले जनाएको छ । यसमा ६ हजार मेघाहर्ज ब्याट्र प्लस १०० वार्ट चार्जिङ सपोर्ट रहेको छ । यो फोनमा आइपि ६८ र ६९ पानी प्रतिरोध क्षमता रहेको छ ।
एआइले सशक्त बनाएको फोटोग्राफी, फ्ल्यागशिप स्तरको प्रदर्शन र आकर्षक डिजाइनसहित यो स्मार्टफोन नवप्रवर्तनको सीमालाई फराकिलो बनाएको छ । यसको संसारको सर्वोच्च शिखरबाट सार्वजनिक हुनु असीम सम्भावनाको प्रतीक रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया