काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले ‘मनसुन अफर–सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ । मनसुनको मौसममा इन्टरनेट सेवा सहज बनाउन कम्पनीले जेठ २६ देखि उक्त अफर सञ्चालनमा ल्याएको बताएको छ ।
अफरअन्तर्गत ग्राहकले १०० एमबीपीएसको उच्च गतिको इन्टरनेट, १२ महिनामा एक महिना बोनस र बिनाकुनै थप शुल्क र नोकिया ५जीहर्ज राउटर ८ हजार ५०० रुपैयाँमा पाउने कम्पनीको भनाइ छ । वाईफाई नेपालका प्रमख कार्यकारी अधिकृत शत्रुहन पञ्जियार भन्छन्, ‘वाईफाई नेपालको लक्ष्य सधै सबै नेपालीहरूलाई छिटो र भरपदो इन्टरनेट सेवा किफायती मुल्यमा उपलब्ध गराउनु नै हो। हामीले १०० एमबिपिएस सेवा सफलताका साथ संचालन गरिराख्दा आज हाम्रा ग्राहकहरुलाई मध्यनजर गर्दै मनसुन अफर सार्वजनिक गरेको छौँ। यस अफरको फाइदा लिनुहुन सम्पूर्ण ग्राहकहरुमा अनुरोध गर्दछु।’
कम्पनीका देशभर ४८ वटा शाखा सञ्चालनमा छन् । साथै ३ सयभन्दा बढी सहर ४४३ जना जनशक्ति परिचालनमा रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया