सान्भि इनर्जीको आईपिओ बाँडफाँड, कतिले पाए ?


काठमाडौँ । सान्भि इनर्जीको आईपिओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, ठमेल, काठमाडौँमा सोमबार आईपीओ बाँडफाँड भएको हो ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत आईपिओ बाँडफाँड गरिएको हो । जसअनुसार कुल २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

कम्पनीको आईपिओमा कुल २० लाख ४३ हजार २४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ६७४ आवेदन रद्द भएको छ भने २० लाख ३० हजार १५७ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले गत जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो।

प्रकाशित मिति: २६ जेठ २०८२, सोमबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।