नेपाल एसबिआई बैंक एनपिएस नेश्नल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध


काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले एनपिएस नेश्नल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, सल्लाहकार, छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस सम्झौतासगैँ बैंकले डोमेस्टिक कार्ड योजना नेपालपे कार्ड जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकिकृत गर्न सक्नेछ ।

प्रकाशित मिति: २६ जेठ २०८२, सोमबार  १६ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।