सामसङ इन्स्टा फाईनान्स अब अझ सिजलो


काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ । यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरेको हो ।

पहिले टभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो । तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको कम्पनीले जनाएको छ ।

यो सुविधा २०२५ जुन १ देखि लागू हुने छ । जुन अन्तर्गत ३० हजार वा सोभन्दा माथिको सामसङ टिभी वा घरेलु उपकरण किन्न सकिनेछ । ग्राहकले कुल मूल्यको ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि शून्य प्रतिशत ब्याजदरमा १२ महिनाको ईएमआई सुविधा पाउनेछन् ।

प्रकाशित मिति: २६ जेठ २०८२, सोमबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।