काठमाडौँ । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारी विरुद्ध भ्रष्टाचार अभियोगमा एकैदिन तिन मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी विरुद्ध ऋण मिलाइदिने शर्तमा छुट्टा छुट्टै व्यक्ति तथा सस्थाबाट घुस लिएको आरोपमा तिन वटा मुद्दा दर्ता गरेको हो ।
अयोगले अस्पतालको सामान खरिदको लागि ऋण उपलब्ध गराइदिने शर्तकमा घुस लिएको अभियोगमा १९ लाख रुपैयाँ बिगो र सजाय मागदाबी गरेको छ ।
कन्सट्रक्सनको ऋण उपलब्ध गरिदिने भनी घुस लिएकोमा ५ लाख रुपैयाँ बिगो र सजाय मागदाबी गरेको छ । यस्तै आयोगले अकला देवी ट्रेडर्शको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको अभियोगमा ५० लाख रुपैयाँ बिगो र सजाय मागदाबी गरेको छ ।
साथै आयोगले घुस रकम जफत गर्न पनि माग गरेको छ ।
प्रतिक्रिया