काठमाडौँ । यामाहा नेपालले बिक्री क्षमताको मूल्याङ्कन र प्रोत्साहनका लागि आयोजना गरेको ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ जेठ २५ गते सम्पन्न भएको छ। देशभरका यामाहा डिलरहरूमाझ गरिएको यस प्रतिस्पर्धाले उत्कृष्ट सेल्स प्रतिभाहरू पहिचान गर्न र उनीहरूको योगदानलाई सम्मान गर्न उद्देश्य लिएको थियो।
पोखरा, ललवन्दी र सल्लाघारीबाट प्रतिनिधित्व गरेका तीन प्रतिभाहरू विजेता घोषित भएका छन्। समुन्द्र पंगेनी (भीएडब्लू इन्टरप्राइजेज, पोखरा) ले प्रथम स्थान प्राप्त गर्दै नगद ३० हजार रुपैयाँ जितेका छन्। प्रमिला श्रेष्ठ (एलएस) इन्टरप्राइजेज, ललवन्दी) ले दोस्रो स्थान हासिल गर्दै २० हजार रुपैयाँ प्राप्त गरेकी छन् भने विकास रञ्जितकार (द व्हिल्स, सल्लाघारी) ले तेस्रो स्थानमा रहँदै १० हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगिता अटो बेसिक्स, उत्पादन ज्ञान, प्रतिस्पर्धात्मक जानकारी, बिक्री प्रक्रिया, भाइभा तथा उत्पादन प्रस्तुतीकरणमा आधारित थियो। मूल्याङ्कन पश्चात फाइनलिस्टहरूलाई प्रमाणपत्र, ट्रफी र पदकद्वारा सम्मान गरिएको थियो।
पुरस्कार वितरण कार्यक्रममा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, “हाम्रा सेल्स प्रोफेशनलहरू नै यामाहाको सफलताको मेरुदण्ड हुन्। उनीहरूलाई सशक्त बनाउनु भनेको ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु हो।” उनले यामाहाको निरन्तर सिकाइ, दक्षता विकास र ग्राहक केन्द्रित नीतिप्रति प्रतिबद्धता दोहोर्याएका थिए।
यामाहा नेपालले जापानी प्रविधिमा आधारित विश्वस्तरीय उत्पादन, भरपर्दो सेवा र प्रभावकारी बिक्री प्रणालीमार्फत दुईपांग्रे सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ। कम्पनीले दक्ष जनशक्ति निर्माणमार्फत दीर्घकालीन ब्रान्ड प्रतिबद्धता कायम राख्ने घोषणा गरेको छ।
प्रतिक्रिया