काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नेपालको राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गतको डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे कार्ड’ मा आबद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता गर्दै बैंकले आफ्नो प्रणालीलाई राष्ट्रिय कार्ड नेटवर्कमा जोडेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस नेसनल कार्ड स्विचको पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल पे कार्ड इस्यु तथा एक्वायरका लागि आफ्ना प्रणालीहरू स्विचसँग एकीकृत गर्न आह्वान गरेको थियो ।
सम्झौतापछि एभरेष्ट बैंकले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड जारी गर्न तथा कारोबार स्वीकृति सेवा दिनसक्नेछ। एनसीएचएलको यो प्रणाली पूर्णरूपमा कार्यान्वयन भएपछि अन्तरस्विच कारोबारको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने तथा डिजिटल इकोसिस्टममा नवीन प्रविधिहरू प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया