सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात, १० महिनामा कति भयो खर्च ?


काठमाडौँ । चालु आर्थिक वर्षको २०८१\०८२ को १० महिनासम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ ।
२०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।

समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च १ खर्ब १७ करोड र स्रोत परिचालन १ खर्ब ६१ अर्ब ७७ करोड रहेको छ ।

कति भयो खर्च ?

आर्थिक वर्ष २०८१\८२ को दश महिनामा नेपाल सरकारको कुल खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड रहेको छ ।

समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ७३ अर्ब २३ करोड, पँुजीगत खर्च १ खर्ब ण्२० अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब ६४ अर्ब २९ करोड रहेको छ ।

समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँड हुने रकमसमेत) ९ खर्ब २२ अर्ब ४३ करोड पुगेको छ ।

यसअन्तर्गत कर राजस्व ८ खर्ब २८ अर्ब ९४ करोड र गैर कर राजस्व् ९३ अर्ब ४९ करोड परिचालन भएको छ ।

प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँड हुने राजस्वसमेत गरी १ खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रहेको राष्ट्र बैंकद्वारा जारी तथ्यांकमा भनिएको छ ।

प्रकाशित मिति: २७ जेठ २०८२, मंगलबार  १२ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।