शोधनान्तर र चालु खाता दुवै बचतमा


काठमाडौँ । नेपालको शोधनान्तर बचत चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब २३ करोड डलर बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँ बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४५ करोड बचतमा रहेको चालु खाता समीक्षा अवधिमा बढेर एक अर्ब ८९ करोडले बचतमा छ ।

प्रकाशित मिति: २७ जेठ २०८२, मंगलबार  १२ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।