हिमालयन बैंकको संस्थापक शेयर सर्वसाधरणका लागि बिक्रीमा


काठमाडौँ । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले ३१ हजार २३७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकको संस्थापक शेयरधनी स्वान इन्टरनेश्नल प्रा.लि.को नाममा रहेकोे शेयर बिक्री गर्न इच्छुक भई बिक्रीका लागि निवेदन आएको हुँदा बिक्रीमा राखिएको हो ।

बैंकले यसअघि शेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाई दिएर ३५ दिने सूचना निकालेको थियो । तर उक्त समयअवधिभित्र शेयर खरिद नभएकाले सार्वसाधारणका लागि शेयर बिक्रीमा राखेको हो ।

शेयर खरिद गर्न चाहने व्यक्तिहरुले १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौँ स्थित कानुन तथा शेयर विभागमा निवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति: २७ जेठ २०८२, मंगलबार  १३ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।