मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक (सूचीसहित)


काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकमा २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल(चीनबिचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औँ बैठकको छलफलको एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, निर्माण व्यवसायी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाकाा लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति: २८ जेठ २०८२, बुधबार  १३ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।