काठमाडौँ । नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्डले विश्व इतिहास रचेको हो। यसले २३ दिनभित्रै नेपालका ८ वटा सबैभन्दा अग्ला र कठिन अफरोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ।
टुनल्याण्ड जी ७ ले नेपालका सबैभन्दा कठिन भूभागहरू सफलतापूर्वक पार गर्यो। यो यात्रा दार्चुलाको हिकिला (१,९६७ मिटर), पर्वतको फलामे (२,३२५ मिटर), इलामको सन्दकपुर (३,६३६ मिटर), कर्णालीको जुम्ला (२,५१४ मिटर), मनाङको खाङसार (३,७५६ मिटर), ढोरपाटन (३,९०० मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४,६६० मिटर) र संखुवासभाको गुफापोखरी (२,८९० मिटर) लगायतका उच्च भूभाग र दुर्गममा अवस्थित क्षेत्रहरूमा गरिएको थियो। यी मार्गहरूमा ठाडो उकालो, भीर र कच्ची बाटाहरू रहेका थिए। टुनल्याण्डले ती सबै गन्तव्यलाई सफलतापूर्वक नेभिगेट गर्यो र तिनीहरूको पूर्ण क्षमता अनुभव गर्ने अहिलेसम्मकै उत्कृष्ट ४/४ अफरोड पिकअप बन्न सफल भएको हो।
यसमा भएको १६० हर्सपावर र ३९० एनएम टर्कले यात्राभरि नै असाधारण पुल फोर्स देखाएको थियो। आर १८ टायरले हिलो र ढुङ्गामा राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत गरेको हो।
बाहिरी रूपमा कडा देखिने टुनल्याण्ड भित्रचाहिँ विलासी र आरामदायी छ। यसमा प्यानोरामिक सनरुफ, तातोचिसो हुने १२ तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रीक सिट, १२.३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ। यी सबै कुराहरुले संयोजनले चालकहरूको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको थियो।
२३ दिने यो यात्रा टुनल्याण्डको एक वर्षे परीक्षणको हिस्सा थियो जसले यसको शक्ति, टिकाउपन र इन्धन दक्षता प्रमाणित गर्यो। नेपाली ग्राहकहरूसँग विश्वास कायम गर्न वास्तविक परिस्थितिमा गरिएको परीक्षणको नतिजा देखाइएको हो। टुनल्याण्ड ले हरेक पाटोमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको अपेक्षाभन्दा बढी नै उपलब्धि हासिल गरेको हो।
प्रतिक्रिया