काठमाडौँ । सांघाई–चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या ५ लाख युनिट पार गरेको छ ।
गएको मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन इभी विक्री भएको थियो जुन गत वर्ष मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो । यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो ।
हाल दिपल ब्रान्ड अन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडेल विक्री वितरण भइरहेको छ । यसमध्यै दिपल ए०९ औपचारिक रुपमा गएको मे २२ मा सार्वजनिक भएको छ ।
६ सिट भएको ठूलो आकारको एसयुभी दिपल एस०९ पाँच वटा ट्रिममा उपलब्ध छ । एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो । यसमा १६ः९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिंग माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ । जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ ।
इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फंक्सन पनि रहेको छ । साथै यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिंग असिस्टेन्ट सिस्टम रहेको छ । दिपलले यो वर्षको अन्तसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ । डब्लुईडब्लुए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा एन्ड टु एन्ड ल्याटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिंग फ्रेक्वेन्सी ३० प्रतिशतले घटाउने छ ।
प्रतिक्रिया