काठमाडौँ । नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन हो । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ जेठ ३० गते बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० कित्ता साधारण शेयर बराबर नयाँ ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
प्रतिक्रिया