सुनको भाउ १ हजार ६०० रुपैयाँले बढ्यो


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।

बिहीबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७२.७४ अमेरिकी डलर र चाँदी ३६.३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २९ जेठ २०८२, बिहीबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।