काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियार सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियार सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

महानगरपालिकाको सामाखुशी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुशन्धान आयागले विशेष मुद्दा दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार मुद्दा दायर हुनेहरुमा तत्कालिन अधिकृत परियार, निर्देशकहरु रबीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य र नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरी रहेका छन् ।

ठेक्का प्रक्रियामा कल्पवृक्ष–कोहिनूर जे।भीले २२ करोड ४० लाख ९४ हजार ६१२ र समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गरेको थियो । तर कम कबोल गरेको कम्पनिलाई उक्त ठेक्का नदिई बढी कबोल गरेको कम्पनिलाई ठेक्का दिइएको भन्दै उजुरी परेको थियो । आयोगले सबैसँग समान ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बराबरको बिगो र कैद  मागदाबी गर्दै मुद्दा दायर गरेको  जनाएको छ ।

प्रकाशित मिति: २९ जेठ २०८२, बिहीबार  १२ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।