स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३३ हजार ९६४ कित्ता शेयर बिक्रीका लागि राखेको हो ।

कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेको छ ।

यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न चाहने शेयरधनीहरुले ३५ दिनभित्र वित्तिय संस्थाको केन्द्रिय कार्यालय बनेपा–५ काभ्रेपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र शेयर बिक्री नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्रीको लागि प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २९ जेठ २०८२, बिहीबार  १२ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।