काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । नेपाली स्वदेशी लगानीमा संचालन भइरहेको एभरेष्ट कलरले सर्वसाधारणका लागि ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।
आइपिओ निष्काशन बिक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटल रहेको छ। कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, विजय लाल श्रेष्ठसँग बुधबार प्रत्याभुती सम्झौता गरेको हो ।
कलर उधोग भन्दा पृथक ढँगले, सँगठीत स्वदेशी युवाहरुको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर कम्पनी सञ्चालन भइहरेको छ ।
कम्पनीले केयर रेटींङ्गस नेपाल लि.ले डबल बी माईनस रेटींङ्ग प्राप्त भएकोे छ ।
प्रतिक्रिया