नेप्से परिसुचकमा गिरावट आउँदा कारोबार रकम साढे १२ अर्ब नाघ्यो


काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा गिरावट आएको छ । बिहिबार नेप्से परिसुचक ९.०८ अंकले घटेर २६५५.३८ अंकमा पुगेको हो ।

बिहिबार नेप्से घटेपनि कारोबार रकम भने साढे १२ अर्ब नाघेको छ ।

बिहिबार कारोबारमा आएका ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर १ लाख २ हजार ८९५ पटक किनबेच हुँदा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपेयाँ बराबरको कारोबार भएको छ ।

समूहगत आधारमा होटल तथा पर्यटन समूह १६४.७७ अंकले बढेको छ । वित्त समूह २१.०६ अंकले र जलविद्युत समूह ११.६५ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

यस्तै पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । चन्द्रागीरी हिल्सको सेयर मूल्य ६.९१ प्रतिशत, तेह्रथुम पावरको सेयर मूल्य ६.१७ प्रतिशत, रसुवागढी हाइड्रोपावरको सेयर मूल्य ५.४७ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ५.१३ प्रतिशतले बढेको छ ।

यता, गुँरास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । रिभर फल्स पावरको सेयर मल्य ६.९७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ५.५८ प्रतिशत, कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.०१ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.७० प्रतिशतले बढेको छ ।

बिहिबार कारोबार रकमका आधारमा न्यादी गु्रप पावर १ अर्ब ८ करोड १४ लाख ८८ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि न्यादी गु्रप पावर २६ लाख ५९ हजार १६९ इकाईको कारोबार सहित शीर्षस्थानमा रहँदा कारोबार संख्याको आधारमा ५ हजार ९७५ पटकको कारोबार सहित न्यादी गु्रप नै अग्रस्थान रहेको छ ।

बिहिबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४४ खर्ब २३ अर्ब ३ करोड ७१ लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २९ जेठ २०८२, बिहीबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।