काठमाडाैँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बिहीबर बुक क्लोज गरेको थियो ।
इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयरमूल्य समायोजन गरी मूल्य निर्धारण गरेको हो।
नेप्सेले इन्स्योरेन्सको ३४.७८२६०८७ प्रतिशत हकप्रद शेयर समायोजन गरेको छ । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६०६ रुपैयाँ ६५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो। बिहीबार, कम्पनीको अन्तिम मूल्य ७८२ रुपैयाँ ८७ पैसा कायम भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया