काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने भएको छ । प्राधिकरणका अनुसार पूर्वनिर्धारित समयतालिका अनुसार यही जुन १५ (असार १ गते) देखि विद्युत् निर्यात गर्न आवश्यक वित्तीय तथा प्राविधिक तयारी पूरा भएको हो ।
बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले विद्युत् खरिदका लागि प्रतीतपत्र पेस गरिसकेको प्राधिकरण प्रवक्ताा तथा विद्युत् व्यापार विभागका निर्देशक राजन ढकाले बताए। विद्युत् निर्यात भारतीय विद्युत् प्रसारण सञ्जालमार्फत हुने भएकाले भारतको नेसनल लोड डिस्प्याच सेन्टरसँग नेपाल र बङ्गलादेशका अधिकारीबिच छलफल भएर विद्युत् प्रवाहको प्राविधिक तयारी पनि पूरा भइसकेको छ ।
“बङ्गलादेश विद्युत् निर्यातका लागि आवश्यक पूर्वतयारीका काम सबै भइसकेका छन्,” ढकालले भने, “असार १ गतेदेखि दैनिक ४० मेगावाट विद्युत् भरत हुँदै बङ्गलादेश निर्यात हुने छ ।”
प्रतिक्रिया