काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं चुच्चेपाटीस्थित तिलगंगा सिटी आई सेन्टरमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। सम्झौता पश्चात् बैंकका ग्राहकहरूले आँखा केन्द्रमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस केन्द्रमा ग्राहकहरुले आँखा जाँच र विशेष उपचार (जस्तै शल्यक्रिया र थेरापी) मा १० प्रतिशत तथा प्रिस्क्रिप्शन चश्मा मा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
तिलगङ्गा नेत्र प्रतिष्ठानको सह–संस्था तिलगंगा सिटी आई सेन्टरले अत्याधुनिक प्रविधि प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय तथा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। हालै बैंकले नयाँ बानेश्वरस्थित प्रचलित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा १५ प्रतिशत र सातदोबाटोस्थित सार्वजनिक नेपाल दन्त अस्पताल तथा पोलिक्लिनिकमा ५० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
प्रतिक्रिया