उपभोक्ता अदालतको फैसला लापरबाही गर्ने डाक्टर र अस्पताललाई ५६ लाख क्षतिपुर्ति


काठमाडौँ । उपभोक्ता अदालतले उपचारको क्रममा लापरबाही गर्ने अस्पताल र डाक्टरबाट ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।

अदालतले बिहिबार ओम अस्पताल र अस्तालतका दूई जना बाट पिडितलाई उक्त रकमक्षतिपुर्ति भराउन आदेश गरेको हो ।

अदालतका श्रेश्तेदार शोभाकर खरेलका अनुसार बुढानिल्कण्ठ बस्ने बसन्त गौतमले अस्पताल र चिकित्सकको लापरबाहीले ओफ्नो ९८ वर्षीय बिरामी बुवाको ज्यान गएको भन्दै उपभोक्ता अदालतमा मुद्दा दर्ता गरेको थिए । गौतमले अस्पताल र डाक्टरले गम्भीर रुपमा नलिएर साधारण भनेर गम्भीर लापरबाही गरेको भन्दै ५ करोड रुपैयाँ क्षतिपुर्ति माग गरेर अदालतमा मुद्दा दर्ता गरेको थिए ।

उक्त मुद्दामा अदालतले ८० प्रतिशत अस्पतालले र २० प्रतिशत डाक्टरले तिर्ने गरि फैसला गरेको छ । फैसला बमोजिम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ र दुबै डाक्टरले समान ३ लाख ५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको श्रेश्तेदार खरेलले बताए ।

अदालताले हालसम्म तिन ओटा मुद्दाको फैसला गरेकोमा चिकित्सकीय लापरबाहीको यो पहिलो फैसला भएको अदालतले जनाएको छ ।

प्रकाशित मिति: ३० जेठ २०८२, शुक्रबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।