काठमाडौँ । नेपालको कृषि उद्योग र खाद्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धी हासिल गर्दै आक्र्स फुडले पहिलो पटक कोदो बिस्कुट अष्ट्रेलिया निर्यात गर्न सफल भएको छ । अष्ट्रेलियामा लागि अधिकृत वितरक हमा ग्लोबल प्रा.लि.बाट अष्ट्रेलियाको प्रत्येक बजार क्षेत्रमा उपलब्ध गराउने उद्देश्यले निर्यात सुरु गरेको हो ।
अहिले अष्ट्रेलियाका धेरैजसो बजारमा कोदो बिस्कुट पाइने भएको छ । यसले नेपाली मौलिक अन्न कोदोलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको संकेत गर्दछ ।
अष्ट्रेलियामा बसोबास गर्ने बढ्दो नेपाली समुदायलाई आफ्नै देशको स्वादको झल्को दिलाउने उद्देश्यका साथै स्वस्थ्य, दिगो र नेपाली संस्कृतिमा आधारित खाद्य विकल्प अष्ट्रेलियाली समुदायलाई चिनाउने लक्ष्यले यो पहिलो पटक निर्यात गरिएको हो । स्वास्थ्यप्रति सचेत र प्राकृतिक उत्पादन मन पराउने अष्ट्रेलियाली उपभोक्ताका लागि कोदो उच्च फाइबर र आवश्यक खनिजयुक्त स्वस्थ विकल्प बन्न सक्ने विश्वास रहेको छ ।
प्रतिक्रिया