काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । गत बुधबारदेखि सुनको भाउमा लगातार वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार १३ सय रुपैयाँले बढेको सुनको भाउ निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा बिहीबार १६ सय रुपैयाँले बढेको थियो भने शुक्रबार पनि एकै दिन ४२ सय रुपैयाँले बढेको थियो । शुक्रबारको तुलनामा आइतबार ४०० रुपैयाँले बढेको हो ।
आइतबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य शुक्रबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ४३३.४७ अमेरिकी डलर र चाँदी ३६.३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया