काठमाडौँ । प्रविधि र स्टाइलमा सधैं सीमाना पार गर्ने विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड इन्फिनिक्स ले नेपालको दुई उत्कृष्ट ईस्पोर्ट्स टोलीहरू — डीआरएस गेमीङ र होरा इस्पोर्टस् सँग एक रोचक साझेदारीको घोषणा गरेको छ। यो सहकार्य नेपालको गेमिङ क्रान्तिमा एउटा ऐतिहासिक कदम हो, जसले विश्वस्तरीय प्रदर्शन र प्रतिस्पर्धात्मक क्षमताको संयोजन गर्छ।
यस साझेदारीमार्फत, इनफिनिक्सले नेपाली गेमिङ समुदायमा आफ्नो उपस्थिति अझ सशक्त बनाउन लक्ष्य लिएको छ र शीर्ष श्रेणीका नेपाली गेमरहरूलाई तीव्र, शक्तिशाली र उच्च प्रदर्शन युक्त स्मार्टफोनहरू प्रदान गर्दै उनीहरूको खेल क्षमतालाई अझ बढाउनेछ।
यो सहकार्य किन महत्वपूर्ण छ
डीआरएस र होरा केवल नाम मात्र होइनन् , यी टिमहरू नेपाललाई अन्तर्राष्ट्रिय गेमिङ स्टेजमा चिनाउँदै छन् — सीप, रणनीति र आत्मविश्वासका साथ अब इनफिनिक्सको साथ पाएपछि, यी टिमहरूले यस्तो स्मार्टफोन पाउनेछन् जसले गेमिङको मजा डबल बनाउनेछ जस्तै सुपर फास्ट प्रोसेसर,उच्च रिफ्रेस रेट भएको डिस्प्ले,लामो समय टिक्ने ब्याट्री,अनि गेमिङका लागि बनाइएका स्मार्ट फिचरहरू।
के के हेर्न पाइन्छ
गेमिङ अभियान र लाइभ स्ट्रिमहरू इनफिनिक्स उपकरणहरूबाट सञ्चालित विशेष कन्टेन्ट, टूर्नामेन्ट लाइभ स्ट्रिमहरू र पर्दा पछाडिका रमाइला क्षणहरू फ्यानहरूले हेर्न सक्नेछन् । सिरिजको प्रयोगमा डीआरएस र होरा ले इनफिनिक्सको गेमिङ बीस्ट इनफिनिक्स जी टी ३० प्रो प्रयोग गरेर कठिनतम प्रतिस्पर्धीहरूलाई चुनौती दिनेछन् ।
त्यस्तै, फ्यान इन्टरएक्सन र गिभअवेहरूस् रमाइला गिभअवेहरू, डिभाइस डेमोहरू, र सरप्राइज उपहारहरू सहित यस पावर प्याक्ड सहकार्यको उत्सव मनाइनेछ।
“आजभोली गेम खेल्नु भनेको खाली टाइम पास होइन यो हाम्रो जीवनशैली बनिसकेको छ। होरा र डीआरएस जस्ता ट्यालेन्टेड टिमहरूसँग मिलेर हामी नेपाली युवा र उनीहरूको गेमिङ संस्कृतिप्रति हाम्रो समर्थन देखाइरहेका छौं,” इनफिनिक्स नेपालले भन्यो । यो सहकार्य केवल स्मार्टफोनको बारेमा होइन नेपाली गेमरहरूको कम्युनिटी बनाउने, आफ्ना स्थानीय हिरोलाई साथ दिने, र नेपाललाई गेमिङको ग्लोबल स्टेजमा चम्काउने अभियान हो।
प्रतिक्रिया