काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ७९ हजार ६४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
कम्पनीले शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ ताकेको छ। उक्त शेयर खरिदका लागि हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।
शेयर खरीद गर्न इच्छुक शेयरधनीले आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर बनेपा–१३ साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
तोकिएको समयअवधिभित्र कम्पनीका संस्थापक शेयरधनीबाट शेयर खरिद नभएमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया