काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा सामान्य अंकको सुधार आएको छ । नेप्से परिसुचक आइतबार ०.४७ अंकले बढेर २६५५.८५ अंकमा पुगेको हो ।
आइतबार कारोबार रकम ११ अर्ब रुपैयाँ नाघेको छ । कारोबारमा आएका ३०८ वटा कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ९५ हजार ३७४ पटक किनबेच हुँदा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपेयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार परिसुचक ९.०८ अंकले घटेर २६५५.३८ अंकमा पुगेको थियो । बिहिबार १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार ग्रीन डेभलपमेन्ट बैंक, पिओर इनर्जी, छ्याङदी हाइड्रोपावर र बरुण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । युनियन हाइड्रोपावरको सेयर मूल्य ९.३४ प्रतिशतले बढेको छ ।
बजार बढ्दा पनि नेपाल हाइड्रो डेभलपर्सको सेयर ४.४३ प्रतिशतले घटेको छ । मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ३.८४ प्रतिशत, कुमारी सबल योजनाको सेयर मूल्य ३.७८ प्रतिशत, डोल्ती पावरको सेयर मूल्य ३.४० प्रतिशत र गँरास लघुवित्तको सेयर मूल्य ३.२८ प्रतिशतले घटेको छ ।
समूहगत आधारमा हेर्दा उत्पादन तथा प्रशोधन समूह १०४.२५ अंक, जलविद्युत समूह ३५.०१ अंकले, विकास बैंक समूह २६.५१ अंकले र निर्जीवन बीमा समूह ८.५९ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा सानीमा माई हाइड्रोपावर ८९ करोड १ लाख रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा छ । यस्तै कारोबारमा आएका इकाई संख्याको आधारमा ङ्यादी ग्रुपपावर २० लाख ७५ हजार १९७ इकाईको कारोबार सहित शीर्ष स्थानमा रहदाँ कारोबार संख्याको आधारमा पनि ङ्यादी ग्रुपपावर ५ हजार २११ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।
आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४४ खर्ब २४ अर्ब ४७ करोड ९७ लाख २७ हजार रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया