कोशी प्रदेशको ३५ खर्ब ८७ करोड रुपैयाँको बजेट सार्वजनिक


काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ खर्ब ८७ करोड ९९ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

आर्थिक तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार चालु आर्थिक वर्षको भन्दा केही करोड ठूलो आकारको आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्षको लागी गएको वर्ष मन्त्री मगरले नै ३५ अर्ब २७ करोड ९३ लाख  रुपैयाँ पेस गरेका थिए ।

बजेटमा चालू तर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन भएको छ । वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।