होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच छुट सम्बन्धी सम्झौता


काठमाडौँ । पोखरा महानगरपालिका–३१, बेगनासताल, कास्की स्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेड बीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन । सम्झौता पत्रमा होटेलका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार  १७ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।