पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि भएको छ ।

निगमका अनुसार नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ हुनेछ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४५ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार  ०६ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।