काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले आइतबार बुक क्लोज गरेको थियो ।
बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।
यस दिन नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३६१ रुपैयाँ १३ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा कम्पनीको अन्तिम शेयरमूल्य ४९१ रुपैयाँ ७० पैसा कायम भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया