काठमाडौँँ । सूर्य नेपाल गल्फ टुर २०२४/ २५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रबि खड्का शीर्षस्थानमा रहन सफल भएका छन्।
५ अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुबाश तामाङलाई १ स्ट्रोकले पछि परेका छन्। सुबाश४ अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे। ३ अन्डर ६९ को नतिजामा २ एमेच्योर निम दोर्जी तामाङ र राहुलविश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धन बहादुरथापाले संयुक्तरुपमा तेस्रो स्थान बाँडे।
२ अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णु प्रसाद शर्मासंयुक्तरुपमा सातौं स्थानमा छन्। १ अन्डर ७१ स्कोर गरेकादीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपलेनवौं स्थान बाँडे।
पूर्व नम्बर एक गल्फर रबिले छैटौं देखि नवौं होलसम्मलगातार ४ बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४ अन्डर ३२ मासकाए। यसपछि ब्याक नाइनमा उनले १२औं र १७औं होलमा १ १ सट बचाए । १३औं होलको बर्डीले ब्याकनाइन १ अन्डर ३५ मा पुरा गरे।
सुबाशले फ्रन्ट नाइन १ ओभर ३७ मा सकाए। छैटौं होलमाबर्डी प्रहार गरेपनि पाँचौं र सातौं होलमा १ १ सट खेर फाले । उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे। बोगीरहित ब्याक नाइन खेल्ने क्रममा १०औं, १२औं र १६औंहोलमा बर्डी प्रहार गरे। ५ पारको १५औं होलमा इगलकोसफलता हात पारे।
एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुलसंयुक्तरुपमा शीर्षस्थानमा रहे। उनीहरूले ३ अन्डर ६९ कोस्कोरमा वाङ्चेनलाइ २ स्ट्रोकले पछि पारे।
निमले तेस्रो र सातौं होलमा इगल प्रहार गरे। छैटौं होलमा १ सट बचाए। पहिलो र आठौं होलमा बोगीको सामनागर्दा फ्रन्ट नाइन ३ अन्डर ३३ मा पुरा गरे। यसपछि ११औं र १४औं होलमा बर्डी तथा १५औं र १८औं होलमा बोगी खेपे । ब्याक नाइन इभन पार ३६ खेले।
राहुलले फ्रन्ट नाइन १ अन्डर ३५ तथा ब्याक नाइन २ अन्डर ३४ मा सकाए। उनले कुल ५ बर्डी र २ बोगी प्रहार गरे। वाङ्चेनले १ अन्डर ७१ स्कोर गरे। वाङ्चेनले सातौं होलमाचार सट खेर फाले। उनले ६ बर्डी प्रहार गर्दा एक बोगीखेपेका थिए।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चारदिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरलेहालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीकोलागि दाबेदारी प्रस्तुत गरिरहेका छन्। विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुनेखेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हातपार्नेछन्। शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारकोहकदार बन्नेछन्। साथै प्रतियोगितामा १८ जना एमेच्योरखेलाडीहरू पनि प्रतिस्पर्धा गरिरहेका छन्।
४ दिने प्रतियोगितापछि असार ७ गते प्रो एम प्रतियोगिता हुनेछ। जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन्।
प्रतिक्रिया