काठमाडौँ । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ ।
प्रभु बैंक लिमिटेडको ९,८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तिय संस्थाको २,४४,४८० कित्ता शेयर बिक्रीका लागी आज बाट सिलबन्दी बोलपत्र खुला गरीएको हो ।
कम्पनीले बोलकबोल माध्यमबाट प्रभु बैंक लिमिटेडको शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ र छिमेक लघुवित्त वित्तिय संस्थाको लागि शेयरको न्यूनतम मूल्य प्रति कित्ता ३९० रुपैयाँ तोकेको छ ।
शेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैक लिमिटेडको न्यूनतम १,००० कित्ताको लागि र छिमेक लघुवित्त वित्तिय संस्थाको लागि न्यूनतम ५०,००० कित्ताको लागि आवेदन दिनुपर्ने छ ।
आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । शेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ संस्था ,कम्पनी भएमा दर्ता प्रमाणपत्र , कर चुक्ता प्रमाणपत्र, शेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया