काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन काठमाडौँको दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्ने बैंकले जनाएको छ ।
तोकिएको समयभित्र आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया