हिमालयन बैंकलाई एफपीओ निष्काशन गर्न सेबोनले दियो अनुमति

हिमालयन बैंकलाई एफपीओ निष्काशन गर्न सेबोनले दियो अनुमति

काठमाडौँ । धितोपत्र बोर्डले हिमालयन बैंकलाई एफपिओ निष्काशनको अनुमति दिएको छ । बैंकले साधारण सेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो।

अनुमति पाएसँगै बैंकले १ अब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ।

बैंकले प्रति कित्ता १५७ रुपैयाँमा एफपिओ निष्काशन गर्न लागेको हो । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार ०७ : ११ बजे