साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै माबिलुङ्ग इनर्जी

साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै माबिलुङ्ग इनर्जी

काठमाडौँ । माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालिहरुका लागि यसअघि नै आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सो आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन दिन अन्तिम मिति साउन २९ गते रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १९ साउन २०८२, सोमबार १० : २४ बजे