प्राइम बैंकले सार्वजनिक गर्‍यो ऋण नतिर्ने ८ जनाको सूची

प्राइम बैंकले सार्वजनिक गर्‍यो ऋण नतिर्ने ८ जनाको सूची

काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणीहरूको धितो लिलाम गर्न सात दिनको सूचना निकालेको छ ।

विभिन्न शाखा कार्यालयहरूबाट ऋण लिएपनि बैंकलाई समय समयमा बुझाउनुपर्ने सावाँ,  ब्याजको किस्ता, ब्याज र हर्जना ब्याज रकम नबुझाएको बैंकले जनाएको छ ।

बैंकले नेपालगञ्ज र बालाजु शाखाबाट ऋण लिएका ८ जनाको विवरण सार्वजनिक गरेर लिलामीको सात दिने सूचना जारी गरेको हो ।

बैंकले ऋणीहरू तथा व्यक्तिगत जमानतकर्ताहरूलाई पटक पटक ऋण तिर्न मौखिक र लिखित ताकेता गरेपनि नतिरेको र वेवास्ता गरेको जनाएको छ ।

 

प्रकाशित मिति: २४ असोज २०८२, शुक्रबार ०९ : ०९ बजे